सडक दुर्घटनामामा अर्घाखाँचीकी एक किशोरीको मृ'त्यु

| २०८० मंसिर १२ गते १७: ५६ मा प्रकाशित

अर्घाखाँची ,मङ्सिर १२। कपिवस्तुको वाणगंगा मा मंगलबार बिहान सडक दुर्घटना हुँदा अर्घाखाँचीकी एक किशोरीको मृ'त्यु भएको छ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना मध्ये एक जनाको मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा न :१३ सिमालापनी घर भई हाल कपिलवस्तु को बाणगंगा नगरपालिका वडा नम्बर ८ लौंगाई  बस्ने अन्दाजी १९ बर्षिया  सृष्टी बि.सीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो ।

 उहाँका अनुसार साइकलमा सवार वर्ष ४४ की निर्मला बि.सी घाइते भएको बुझिएको छ। 

घाईते निर्मला बिसिको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको खबर प्राप्त भएको छ। मृतक सृष्टि बिष्णु भाट क्षेत्री र मनमाया बि सिकी    जेठी छोरी थिईन् उनी अहिले वाणगंगा मावि लौंगाई मा कक्षा १२ मा अध्यान गर्दै थिईन । उनको दुःखद खबर ले सिमालपनी सिङ्गो गाउँ नै शोक मा डुबेको आफन्त बताउँछन। 

साइकलमा सवार रहेका उनीहरुलाई बसले बाणगंगा नरपालिका वडा नम्बर ४ बुङ्चिमा ठक्कर दिएको हो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्