अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृ'त्यु

| २०८० मंसिर २४ गते १४: ४३ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका– १८ का ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक रुपन्देहीको शिहारी गाउँपालिका– २ का भोला कुर्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी विक्रम रिजालले जानकारी दिनुभयो ।

जिल्लाको शितगंगा नगरपालिका अन्तर्गतको महेन्द्र राजमार्गको शितगंगा– ८ सातमाराको राप्ती पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भएर शनिबार राति दुर्घटना भएको थियो ।

चालक चौधरीको रुपन्देहीको जेनस अस्पतालका उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सहचालक कुर्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ट्रक सडकदेखि २० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्