सितापुरमा जारी खुल्ला क्रिकेट प्रतियोगिता च्याम्पियन चादनी रक्स चक्ला

| २०८० चैत १३ गते २१: ५८ मा प्रकाशित

अर्घाखाँची 
झनक केसि चैत १३। शितगङ्गा नगरपालिका वाड न-२ सितापुर गैरीखेतमा जारी खुल्ला  क्रिकेट  प्रतियोगितामा चादनी रक्स चक्ला च्याम्पियन भएको छ। 

सितापुर वाड न-२ मा तीन दिन देखि संचालन भै रहेको खुल्ला  क्रिकेट  प्रतियोगिता आयोजक तमु सेवा समाज फलाचौरले  आयोजना गरेको थियो। प्रतियोगितामा प्रथम स्थान चादनी रक्स चक्ला भएको छ भने द्वितीय स्थान घोरवन्दा सेवा समाजले हात पारेको छ।

प्रथम हुनेलाई बीस हजार नगद ट्रफी, मेडल,मेडल र प्रमाण पत्र तेस्तै द्वितीय हुनेलाई दश हजार नगद ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन।

साथमा कामना सेवा बिकाश बैंक अमराई शाखा द्वारा चेक सौजन्य गरेको थियो बिभिन्न देश बिदेशमा  रहनु हुनेले सहयोग गरेर सन्चालन गरिएको साथै खेल खेलाउन जग्गा प्रधान गर्ने भरत घिमिरे र लक्ष्मण घिमिरे विशेष धन्यबाद दिएका छन साथै सहयोगी दाताहरुलाई खेल सम्योजक बिबेक गुरुङ्ग साथै तमु सेवा समाज फलाचौरले धन्यबाद समेत दिएका थिए। 

यस कार्यक्रममा उद्घाटन देखि समापन कार्यक्रमका अध्यक्ष बिन्द्र गुरुङ्गले गर्नु भएको थियो भने प्रमुख अतिथी यसै वडाका वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले गर्नु भएको थियो,बिशिस्ट अतिथी भुतपुर्व वडा अध्यक्ष गोबर्धन थापा,केशब घिमिरे, अतिथीहरु राम बहादुर दर्नाल,लेख बहादुर गुरुङ्ग,गिरमान गुरुङ्ग विभिन्न संघ सस्थाका प्रमुख वा प्रतिनिधिहरु साथमा खेलाडी खेलप्रेमीहरुको आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियो। 

प्रतियोगितामा स्थानीय सहित १३ टिमको सहभागिता रहेको खेल नकाउट सिस्टम खेलाईएको थियो। म्यान अफ द सिरिज घोरबन्दा सेवा समाजका फास्ट बरल साहिल गुरुङ्गले हात पारेका छन।

प्रतिक्रिया दिनुहोस्