शितगङ्गा कल्लेरीका रमेश भाट क्षेत्रीलाई खुट्टाको बोन क्यान्सर पिडितलाई दुवईबाट आर्थिक सहयोग

| २०८० चैत १४ गते २२: १५ मा प्रकाशित

अर्घाखाँची चैत्र १४। अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका वडा नं.१३  कल्लेरि निवासी हाल कपिलबस्तु जिल्ला बाणगगा नगरपालिका वडा नं.१ बसाेवास गर्दै आउनु भएका प्रेम बहादुर भाट क्षेत्रीको छोरा वर्ष २२ को रमेश भाट क्षेत्री बिगत लामो समय देखि खुट्टाको बोन क्यान्सर रोग लागि निरन्तर नेपालकाे भरतपुर क्यान्सर अस्पताल र भारतकाे विभिन्न अस्पतालमा उपचार गराई रहनु भएकोले  उपचार्थ खटिने डाक्टरले निज रमेश भाट क्षेत्रीको उपचारकाे लागि अप्रेसन बाहेक अरू विकल्प नरहेकाे भनी जानाकारी गराएकाे हुदाँ अप्रेसनकाे लागि धेरै आर्थिक रकम चाहिने बताएकाे हुदा निजकाे घर परिवारकाे आर्थिक अबस्था अत्यन्तै कमजोर भएकोले निजको घर परिवारले सहयाेगि मनका धनिहरूसग केहि सहयोगको अपेक्षा गर्नु भएको हुदा हामी युएईमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरु मिली "रमेश भाट क्षेत्री बचाउ अभियान" संचालन गरि तपाईं हाम्राे प्रयासले कसैको जीवनलाई केही परिवर्तन गराउन एउटा सानो पहल अलिकति सद्वभाव, सानो सहयोग र थोरै उत्प्रेरणाको पनि धेरै ठुलो अर्थ रहन्छ भन्ने उद्वेश्यका साथ "सेवा नै धर्म हाे" भनि युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले रमेश भाट क्षेत्री बचाउ अभियानमा सहयाेग रकम संकलन गर्न  अहम भुमिका खेल्ने LuLu  Hyper Market Loagestic dubai  investment  park  मा कामकाज गर्दै आउनु भएकाे भाई माधव बि.सी. आफ्ना साथीहरू सग अनुनयन गरि  १४२३/- युएई दिराम संकलन गरि नेपाली रूपैया ५१४७०/-  यसै अभियानलाई विशेष महत्वका साथ लागि रहनु भएका लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका सचिव अनिल बि.सी. सह-काेषाध्यक्ष हरि बि.सी. दिपक बि.सी.राजेश बि.सी. लगाएतका साथीहरू मार्फत संकलन गरिएकाे रकम २७७०/- युएई दिराम नेपाली रूपैया ९९३९०/-रूपैया जम्मा ४१९३ /- युएई दिराम नेपाली रूपैया १,५०,८६०/-  रकम संकलन गरि रमेश भाट क्षेत्री काे खातामा पठाईएकाे कुरा यस अभियानका संचालक हरि बि.सी बताउनु भएकाे छ । 

सोचिएका सबै साना कुराहरु साना हुदैनन जसले कसैको जीवनमा मलम बनेर काम गर्द्छ ठुला भन्दा सानै कुराहरु गहन र महान लाग्छन तपाईं हाम्राे सानाे सहयाेगले कसैकाे जीवन बचाउन सकिन्छ भने किन नगर्ने  "सेवा नै धर्म हो" हामी सम्पूर्ण सहयाेगीहरूकाे तर्फबाट भाई रमेश भाट क्षेत्रीलाई शिघ्र स्वास्थ्य लाभकाे कामना सहित सहयाेगमा हातेमालाे गर्ने तपाईं सबैमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्