शितगङ्गामा आफ्नै भाईको ह'त्या गरेर भागेका दाई ९ वर्षपछि पक्राउ

| २०८० चैत ३० गते २०: १६ मा प्रकाशित

अर्घाखाँची ,झनक केसि। 
२०८० चैत ३० गते - शितगङ्गा नगरपालिका वाड न-१२ रजियाबाट आफ्नै भाई मारेर फरार अभियुक्तलाई ९ बर्षपछि पक्राउ गरेको छ। 

शितगङ्गा नगरपालिका वाड न-१२ रजियाका बर्ष २७ का जनक राज भुषाल पक्राउ परेका छन । २०७१ मंसिर १४ गते आफ्नै भाईलाई बर्ष १३ का राजन भुषालको हत्यामा संलग्न रहेको आरोपमा भुषाललाई प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि राम घर्तिले जानकारी दिनु भयो। 

हत्यारामा संलग्न भुषालले भाईलाई मोबाईल नदिएको निहुमा ढुंगाले हानेर म्यालीखाल खोल्सामा ढुङ्गाले च्यापेर गाडेको थिए केही दिनपछी मात्र मृतकको सव फेला परेको थियो। हत्या गरेर फरार दाई भनिने भुषाल लामो समय बैदेशिक रोजगारमा गएका थिए। प्रतिवादी भुषाललाई  जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको घर्तिमगरले बताउनु भयो।

मृतक भाई राजन २०७१ मंसिर ६ गते देखि सम्पर्क बिहिन भएको र स्थानिय मानिसहरु साथै गौरा माबीका शिक्षक शिक्षिका बिध्यार्थी भैइ जंगल लगाएत आसपास स्थानमा खोजतलास गर्दा मृतकको चप्पल भेटिएको आधारमा थप खोज तलास गर्दा रजियाको  म्यालिखाल खोल्सामा  २०७१ मंसिर १४ गते मृतक राजन ढुङ्गाले च्यापेर राखेको अबस्थामा फेला परेका थिए। जनवादी माथी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान घमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

ईलाका प्रहरी कार्यालय ठाडामा घमकै कार्यकालमा १९ बर्ष अघि अत्या गरि फरार रहेका एक जना अभियुत्तलाई रोल्पाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्