जिम्बावे र बंगलादेशबीचको सिरिज पक्का

| २०७८ असार ९ गते १६: ०३ मा प्रकाशित

एजेन्सी । जिम्बावेले घरेलु मैदानमा बंगलादेशसँग सिरिज खेल्ने पक्का भएको छ ।

जिम्बावे स्पोर्ट्स एण्ड रिक्रिएसन कमिसन (सीआरसी) ले जिम्बावेलाई क्रिकेटलाई सिरिज आयोजनाको लागि अनुमति दिएको छ ।

सीआरसीको अनुमतिसँगै जिम्बावेले घरेलु मैदानमा बंगलादेशसँग एक टेस्ट, तीन एकदिवसीय र तीन टी-ट्वान्टी खेल खेल्नेछ ।

आगामी जुलाईमा हरारेमा आयोजना हुने सिरिज बन्द रंगशालामा हुनेछ ।

दुई टिमबीच सुरवातमा टेस्ट सिरिज हुनेछ । त्यसपछि एकदिवसीय र टी-ट्वान्टी सिरिज हुनेछ ।

जिम्बावे र बंगलादेशबीच पछिल्लो पटक २०२० मा प्रतिस्पर्धा गरेका थिए ।

दुई टिमबीच एक टेस्ट, तीन एकदिवसीय र दुई टी-ट्वान्टी भएको थियो । तर, जिम्बावेले सबै खेल गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्