हैदरावादलाई ४२ रनले हराएपनि मुम्बई आईपीएलको लिग चरणबाटै बाहिरियो

| २०७८ असोज २३ गते ००: २९ मा प्रकाशित

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ ।अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराएपनि मुम्बई प्ले अफ पुग्न नसकेको हो ।

मुम्बईले दिएको २ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

हैदरावादका कप्तान मनिस पाण्डेले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जासन रोयले ३४ तथा अविशेक शर्माले ३३ तथा प्रियम गार्गले २९ रन बनाए ।

मुम्बईका जस्प्रित बुम्राह,नाथन कल्टर र जेम्स निशमले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो ।

मुम्बईका इशान किशनले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

हैदरवादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले २/२ विकेट लिए ।

यस जितसँगै मुम्बईले १४ खेलमा १४ अंक जोड्यो । तर, कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफबाट बन्चित भएको हो।

कोलकत्ता १४ अंक जोडेर चौंथो स्थानमा रहेर प्ले अफ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्