विराटले तोडे सचिन तेन्दुल्करको किर्तिमान, श्रीलंकालाई ३९१ रनको लक्ष्य

| २०७९ माघ १ गते १८: १० मा प्रकाशित

भारतले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा श्रीलंकालाई जितको लागि ३९१ रनको लक्ष्य दिएको छ । भारतले यसअघि भएको दुबेै एकदिवसीय खेल जित्दै श्रृंखला कब्जा गरिसकेको छ ।

तिरुवन्तपुरममा आईतबार जारी तेश्रो एकदिवसीय खेलमा भारतले श्रीलंकालाई ३९१ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ्ग गर्दै भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको विशाल योगफल खडा गर्याे

भारतलाई विशल योगफल दिलाउने क्रममा विराट कोहलीले किर्तिमनी शतक बनाएका छन् । उनले एकदिवसीय करियरको ४६औं तथा घरेलु मैदानमा सबैभन्दा बढी शतक बनाउने किर्तिमान राखेका छन् । उनले सचनि तेन्दुल्करको ४५ शतकको किर्तिमानलाई पछि पारे ।

विराटले विष्फोटक ब्याटिङ्ग गर्दै ११० बलमा १३ चौका र ८ छक्को सहयोगमा नटआउट १६६ रन बनाए भने ओपनर शुबमन गिलले पनि ९७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ११६ रनको शतकियर पारी खेले ।

विराटले ८५ बलमा सतक प्रहार गरेका थिए । नयाँ वर्ष सन् २०२३मा विराटको श्रीलंका विरुद्ध यो लगातार दोश्रो शतक हो । विराटले यो एकदिवसिय क्रिकेटमा ४६ औं शतक हो । उनी अव मास्टर व्लास्टर सचिन तेन्डुल्करको ४९ शतकको किर्तिमानमा पुग्न केवल ३ शतक टाढा छन् ।

श्रीलंकाका लागि कसुन रजिथा र लाहिरु कुमाराले समान २–२ विकेट लिए भने चमिका करुणारत्नेले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्