अर्घाखाँचीका देव खनालको कप्तानीमा यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

| २०८० मंसिर १२ गते १९: १९ मा प्रकाशित

१२ मंसिर, काठमाडौं । यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार देव खनालको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

जसमा राष्ट्रिय टोलीमा रहेका गुल्सन झा समेत छन् । यस्तै अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, दिपेश कँडेल र विशाल विक्रम केसी पनि टिममा छन् ।

सुवास भण्डारी, दिपक बोहरा, उत्तमरङ्ग थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द पनि एसिया कप खेल्ने टोलीमा अटाएका छन् ।

मलेसियामा भएको यू–१९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई हराएर नेपालले एसिया कपमा स्थान बनाएको थियो भने फाइनलमा यूएईलाई हराएर विश्वकपमा पुगेको थियो । त्यो बेला यू–१९ टिममा रहेका प्रज्वलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, दुर्गेश गुप्ता, मिलन, बोहोराले भने यू–१९ एसिया कप खेल्ने टिममा स्थान बनाउन सकेनन् ।

अर्को महिना हुने एसिया कपमा नेपालले समूह एमा रहेको भारत, पाकिस्तानसँगै अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्