म्याक्सवेलको शतकमा अष्ट्रेलियाको जित

| २०८० मंसिर १२ गते २३: २८ मा प्रकाशित

काठमाडौं । ग्लेन म्याक्सवेलको अर्को सनसनीपूर्ण शतकमा अष्ट्रेलियाले टी ट्वान्टी सिरिजमा भारतलाई हराएको छ । 

म्याक्सवेल एक्लै चम्किएर १ सय ४ रनको शतकिय इनिङ्स खेलेपछि अष्ट्रेलियाले तेस्रो खेलमा भारतलाई ५ विकेटले हराएको हो ।

सिरिजमा फर्कन अष्ट्रेलियालाई जित्नैपर्ने दबाब थियो । 

चौथों नम्बरमा आएका म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १ सय ४ रनको शानदार इनिङ्स खेले र अष्ट्रेलियालाई जित दिलाए ।

जितसँगै अष्ट्रेलियाले पाँच म्याचको सिरिजमा तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । यद्धपी भारत सिरिजमा २–१ ले अघि छ ।

अन्तिम ओभरमा २१ रन चाहिएको अष्ट्रेलियाका लागि म्याक्सवेलले ३ चौका र १ छक्का प्रहार गरे । अन्तिम बलमा २ रन चाहिएको समय म्याक्सवेलले चौका प्रहार गर्दै जित निकाले । 

ओपनर ट्रेविस हेडले ३५ रन बनाएको अष्ट्रेलियन इनिङ्समा म्याथ्यु वेडले अविजित २८ रनको अर्को महत्वपूर्ण पाली खेले । उनले अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गर्दै अष्ट्रेलियाको जितको आधार तयार गरेका थिए ।

भारतका रवि बिशोनीले २ तथा अश्रदीप सिंह, अभिस खान र अक्षर पटेलले समान समान एक एक विकेट लिए ।

भारतका लागि प्रसिद्ध कृष्ण सबैभन्दा महङ्गा बलर सावित बने । उनले ४ ओभरमा सर्वाधिक ६८ रन खर्चिएर विकेट विहीन रहे ।

सुरुवाती ब्याटिङ गरेको भारतले तेस्रो खेलमा समेत ३ विकेट गुमाएर २ सय २२ रनको स्कोर खडा गरेको थियो ।

रितुराज गायवाडले अविजित १ सय २३ रन बनाएको इनिङ्समा कप्तान सुर्यकुमार यादवले ३९ रनको योगदान दिएका थिए । जसमा तिलक वर्माले ३१ रनको अविजित पाली खेलेका थिए । 

सिरिजको चौथों खेल राइपुरमा शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्