अष्ट्रेलियामाथि भारतको रोमान्चक जित: सिरिज ४-१ ले जित्यो

| २०८० मंसिर १७ गते २२: ५५ मा प्रकाशित

एजेन्सी। घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित हात पारेकोछ । भारतले सिरिज ४-१ ले जितेकोछ ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । अष्ट्रेलियाका बेन म्याकडेर्मोटले ३६ बलमा ५ छक्कासहित सर्वाधिक ५४ रन बनाएका थिए ।

अष्ट्रेलियालाई अन्तिम ६ बलमा जितको लागि १० रन चाहिएको थियो । सुरुवाती दुई बल अर्शदिप सिँहले म्याथ्यु वेडलाई डट राखे । तेस्रो बलमा वेड क्याच आउट भएपछि जितको सम्भावना कठिन बनेको थियो । वेडले १५ बलमा ४ चौकासहित २२ रन बनाए ।

चौथो बलमा जेसन बेहरनडोफलाई एक रन दिए । बाकी दुई बलमा ९ रन चाहिएको थियो । त्यसपछि एक एक रन दिए ।

ओपनर जोश फिलिपे ४ रनमै मुकेश कुमारको बलमा बोल्ड आउट भएका थिए । ट्रविस हेड १८ बलमा ५ चौका र १ छक्कासहित २८ रनमा स्पिनर रवि विश्रोइको बलमा बोल्ड आउट भए । आरोन हार्डी ६, टिम डेविड १७, म्याथ्यु शर्ट १६ रनमा आउट भए ।

भारतको जितमा रवि विश्रोइले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अर्शदिप सिहले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।

भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ३७ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाएका थिए । तल्लोक्रमका अलराउन्डर अक्षर पटेलले २१ बलमा २ चौका र १ छक्कासहित ३१ रनको योगदान दिए । अन्य भारतीय ब्याटरले राम्रो गर्न सकेनन् ।

ओपनर यशस्वी जैसवाल १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए । तीव्र गतिका बलर जेसन बेहरनडोफको बलमा टप एज लागेर नाथन एसिलबाट क्याच आउट भए । ऋतुराज गायकवाड १२ बलमा २ चौकासहित १०, सूर्यकुमार यादव ५, रिंकु सिंह ६ र जितेश शर्मा २४ रनमा आउट भए ।

अष्ट्रेलियाका जेसन बेहरनडोफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । बेन ड्वारशइसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नाथन एलिस, तनविर संघा र आरोन हार्डीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्