आईपीएलको अक्सन सूचि सार्वजनीक, नेपाली खेलाडी छैनन्

| २०८० मंसिर २५ गते २३: ०३ मा प्रकाशित

काठमाडौं । फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को खेलाडी अक्सन सूची सार्वजनीक भएको छ ।

सन् २०२४ को प्रतियोगिताका लागि ३ सय ३३ खेलाडीलाई समावेश गर्दै खेलाडीको सूचि सार्वजनीक गरिएको हो ।  

दुबईको कोकाकोला एरिनामा डिसेम्बर १९ मा हुने अक्सनका लागि खेलाडीको सूचि सार्वजनीक गरिएको छ । 

सूचिमा ३ सय ३३ खेलाडी छन् । जसमा २ सय १४ खेलाडी भारतबाट र १ सय १९ खेलाडी अन्य देशका छन् । जम्मा २ जना खेलाडी एसोसियट देशबाट रहेका छन् । 

आईपीएलमा जम्मा ७७ खेलाडीको कोटा खाली छ । जसमा ३० कोटा भारत बाहिरका खेलाडीलाई छ ।

सूचिमा रहेका २३ खेलाडीको मुल्य २ करोडबाट सुरु हुनेछ । सूचिमा रहेका १३ खेलाडीको मुल्य साढे १ करोड भारतीय रुपैयाँबाट सुरु हुनेछ । 

आईपीएलको प्रारम्भिक सूचिमा ९ सय ९१ खेलाडी समावेश थिए । अन्तिम सूचिमा नेपालबाट कुनैपनि खेलाडी परेका छैनन् । स्रोतका अनुसार केही खेलाडीको नाम प्रारम्भिक सूचिमा समावेश गरिएको थियो । तर अन्तिम सूचिमा कुनैपनि खेलाडीले स्थान बनाउन सकेनन् । 

नेपालबाट दर्ता भएका नामका बारेमा कुनैपनि आधिकारिक निकायले सार्वजनीक रुपमा पुष्टि गरेका छैनन् । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता र खेलाडीको प्रर्दशनका आधारमा केही खेलाडी अन्तिम सूचिमा पर्न सक्ने अपेक्षा गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्