कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य

| २०८० पौष ३ गते १४: ३९ मा प्रकाशित

एजेन्सी – सनराइजर्स हैदराबादले अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) आइपिएल इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।

प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।

तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो ।

यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो ।

कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो । २०२२ मा भने कोलकाताले ७ करोड २५ लाख भारुमा किनेको थियो । कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् । त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए ।hamrokhelkud 

 

 

प्रतिक्रिया दिनुहोस्