टाइगर कप भलिबल : घरेलु गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

| २०८० माघ ६ गते १६: १९ मा प्रकाशित

पोखरा । टिपटप हेल्प नेपाल पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । घरेलु टोली गण्डकीले ३-१ को सेटमा स्तब्ध बनाउँदै उपाधि रक्षा गरेको हो । 

लगातार २ सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमायो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै ५ लाख ५५ हजार ५ सय ५५ जित्यो । दोस्रो बनेको गण्डकीले २ लाख ५५ हजार ५ सय ५५ जित्यो । 

पुरुषतर्फ एपिएफ तेस्रो बनेर १ लाख ५५ हजार ५ सय ५५ पायो । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५–२५ हजार र अन्य विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्