लेवनानलाई हराउँदै नेपाल फाइनलमा

| २०८० फागुन १६ गते ००: ५५ मा प्रकाशित

काठमाडौं । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार लेवनानलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । दोस्रो हाफमा उत्कृष्ट पुनरामगन गर्दै नेपालले २–१ को शानदार जित निकालेको हो । 

खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाति गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो । गोलकिपर एन्जिला शुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाति गोल हुन पुगेको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन रच्यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् । खेलको इन्जुरी समयमा दिपा शाहीले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो । 

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।
 

प्रतिक्रिया दिनुहोस्