अन्तिम ओभरमा चुक्दा नेपालको हार

| २०८० फागुन १६ गते १५: ०१ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ ।

बुधबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्ससँग २ रनको हार ब्यहोरेको हो । 

अन्तिम ओभरमा चुक्दा जितको नजिक पुगेको नेपालले नतिजा सुम्पिन पुगेको छ । नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपालले नमिठो हार ब्यहोरेको हो ।

अन्तिम ओभरमा नेपालका करन केसी रन आउट भएका थिए भने दीपेन्द्र सिंह ऐरी बोल्ड हुन पुगेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्