पेनाल्टी सुटआउटमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि

| २०८० फागुन १८ गते ००: २७ मा प्रकाशित

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो ।

निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित रह्यो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको हो ।७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरी पुर्याइन् ।

पेनाल्टी सुटआउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे । भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्