इराक : कोभिड वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृ'त्यु

| २०७८ असार २९ गते ११: ५० मा प्रकाशित

इराकको एक अस्पतालमा को'रो'ना भा'इ'र'स आइसोलेशन वार्डमा आ'ग'ला'गी हुँदा कम्तीमा ५० भन्दा बढीको मृ'त्यु भएको छ ।

यद्यपि, इराकको नसिरिया शहरको दक्षिणमा अल–हुसैन अस्पतालको आगलागी सोमबार अबेर रातीसम्म नियन्त्रण पाइएको थियो ।

हाल आ'ग'ला'गी'को कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बि'स्फो'ट भएपछि फैलिएको अनुमान गरिएको छ ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई प'क्रा'उ गर्न आदेश दिएका छन् ।

यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।

रोयटर्स समाचार एजेन्सीले प्रहरीसँगको झडपको खबर पनि दिएका छन् । एजेन्सीका अनुसार प्रदर्शन गरिरहेका मानिसहरुले प्रहरीका दुई वहानमा आगलागी गरिदिएका छन् ।

चिकित्सा अधिकारीले असोसिएटेड प्रेस न्यूज एजेन्सीलाई बताए अनुसार नयाँ वार्डमा ७० बेडका लागि स्थान थियो र यो तीन महिना अघि मात्रै बनाइएको थियो ।

एक स्थानीय स्वास्थ्य अधिकारीले आगलागीको समयमा कम्तीमा ६३ जनाभन्दा बढी भएको जानकारी दिएका छन् ।न्यूज एजेन्सी रोयटर्सलाई अस्पतालका गार्डले भने, ‘मैले सुरुमा कोरोनाभाइरस वार्डभित्र एउटा तेज बि'स्फो'ट सुनेँ र त्यसपछि भी'ष'ण आ'ग'ला'गी देखेँ ।’

दुर्घटनापछि खोजी अभियान अहिले पनि जारी छ ।

इराकका संसद मोहम्मद अल–हलबौसीले ट्वीट गर्दै भने, ‘इराकी जनताको जीवनको सुरक्षा गर्न नसक्नुको यो एउटा स्पष्ट प्रमाण हो । र यो यस विफलतालाई अन्त्य गर्ने समय हो ।’

यसअघि अप्रिल महिनामा बागदादको एक अस्पतालमा पनि एउटा अक्सिजन ट्याङ्क बि'स्फो'ट भएको थियो । उक्त दु'र्घ'ट'नामा कम्तीमा ८२ जनाको मृ'त्यु भएको थियो ।

बि'स्फो'ट र आ'ग'ला'गी'को उक्त घ'ट'नापछि स्वास्थ्य मन्त्री हसन अल–तमीमीले राजीनामा दिएका थिए ।

वर्षौंदेखि युद्ध, उपेक्षा र भ्रष्टाचार झेलिरहेको इराकको स्वास्थ्य व्यवस्थामा को'रो'ना भा'इ'र'स महामारीको गम्भीर मार परेको छ ।

जोन हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डमा रहेको आँकडा अनुसार इराकमा कूल १४ लाख सं'क्र'मित भेटिइसकेका छन् र को'रो'ना भा'इ'र'सका कारण हालसम्म १७ हजारभन्दा बढीको मृ'त्यु भइसकेको छ ।

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्