हरियाणाको कर्नालमा सडक दुर्घटनामा परि अर्घाखाँचीको मलारानीका एक युवकको मृ'त्यु

| २०७८ सावन ४ गते १३: ५५ मा प्रकाशित

दिल्ली। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका - ८ बाम्रुकका प्रकाश भुसालको सडक दुर्घटनामा मृ'त्यु भएको छ।

भारत राज्यको हरियाणा कर्नाल जिल्लाको एक सडकमा बिपरित दिशा बाट आइरहेको ट्रकले अर्घाखाँचीका १८ बर्षिय युवक प्रकाश भुसाल सवार स्कुटीलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृ'त्यु भएको दु:खद खबर प्राप्त भएको छ। भने सोहि स्कुटीमा सवार अन्य दुई जनाको अवस्था गम्भीर रहेको कर्नाल न्युजले लाइभ मार्फत जानकारी दिएको छ। 

घटनाको थप अनुसन्धान कर्नाल पुलिसले गरिरहेको मृतकका साथिभाइहरुले बताएका छन्। घटना साउँन ३ गते मध्यरातको रहेको बुझिएको छ। 

मृतकको विवरण लिंदै कर्नाल पुलिस 

 

प्रतिक्रिया दिनुहोस्