सरकार गठनबारे छलफल गर्न तालिवान संस्थापक बरदार काबुल आइपुगे

| २०७८ भदौ ५ गते १८: ०४ मा प्रकाशित

काबुल । समावेश सरकार निर्माणका लागि छलफल गर्न भन्दै तालिबान सह-संस्थापक मुल्लाह अब्दुल घानी बरदार आज काबुलमा आइपुगेका छन् । सरकार निर्माणका लागि पहल थालेको तालिवानका अन्य उच्चस्तरीय नेता पनि काबुल पुग्ने क्रम जारी छ ।

काबुल पुग्ने अर्को एक उच्च तालिबानी नेतामा खलिल हक्कानी पनि एक हुन् जसलाई अमेरिकाले टाउकाको मूल्य ५ मिलियन डलर तोकेको थियो ।

तालिवान समर्थित केही सामाजिक संजालका पृष्ठले चाहिँ हक्कानीले अर्को एक प्रभावशाली नेता गुलबुद्दिन हेकमातेयरसँग छलफल गरिरहेको भिडिओ सार्वजनिक गरेका छन् । गुलबुद्दिन अफगानी राजनीतिमा प्रभावित पार्ने एक नेता हुन् ।

एक वरिष्ठ तालिवानी नेताले समाचार संस्था एएफपीलाई बताएअनुसार समावेश सरकार गठनका लागि बरदारीले केही अफगानी जहादी नेता र राजनीतिज्ञलाई भेट्ने जनाइएको छ ।

बरदारी गत मंगलबार दोहाबाट अफगानिस्तानको जलालबादा पुगेका थिए जुन सहरलाई तालिबानीको जन्मथलो मानिन्छ । उनी फर्किएको केही घण्टामै तालिबानीले आफूहरुको यसपटक शासन पहिलेभन्दा भिन्न हुने बताएका थिए ।

तालिवानीले समावेशी सरकार गठन गर्ने बताएपनि कसको सहभागिता हुन्छ भन्नेबारेमा खुलाएका छैनन् । सन् २०१० मा पक्राउ परेका बरदारीलाई अमेरिकाले सन् २०१८ मा रिहा भएका थिए । त्यसपछि उनी दोहामा बसोबास गर्र्दै आएका थिए । 

नेपाल प्रेस 

प्रतिक्रिया दिनुहोस्