काबुलमा तालिबानद्वारा पत्रकारको ह'त्या

| २०७८ भदौ १२ गते ०५: २१ मा प्रकाशित

तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेको छ । टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए । 

केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई तालिबानले गोली हानेर हत्या गरेको थियो । काबुल एयरपोर्टमा हमलाको खतरा 

काबुल विमानस्थलमा अहिले निकै चिन्ताजनक अवस्था छ । यहाँ अफगानिस्तान छाड्न चाहनेहरुको भिड छ । यसैबीच अमेरिका, अष्ट्रेलिया र बेलायतले विमानस्थलमा हमला हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नजान आग्रह गरेका छन् । विमानस्थल बाहिर बसेका व्यक्तिहरुलाई पनि त्यहाँबाट हट्न निर्देशन दिएका छन् ।

काबुल विमानस्थलको अगाडिको गेट, पूर्वी गेट वा उत्तरी गेटमा रहेकाहरुलाई त्यहाँबाट तत्काल हट्न अमेरिकी दूतावासले निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्