टेलिभिजन अभिनेता तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन

| २०७८ भदौ १७ गते १४: २० मा प्रकाशित

काठमाडौँ । टेलिभिजन अभिनेता तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

४० बर्षको उमेरमा बिहिबार हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टमको तयारी भैरहेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले बुधबार राति सुत्नुअघि केहि औषधि खाएर सुतेका थिए । राति नै उनलाई हृदयघात भएको बताइएको छ । उनको शरिरमा बाहिरी चोटपटक लागेको छैन ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्