चार दर्जन युवालाई सङ्गठन एकता मंचमा प्रवेश

| २०७८ असोज ९ गते २१: ५४ मा प्रकाशित

दिल्ली एनसीआरमा  नेत्र बिक्रम चन्द नेतृत्वको निकट को भातृ   सङ्गठन , एमाले निकट भातृ सङ्गठन अन्य संघ संस्था छाडेर  अखिल भारत नेपाली एकता मंचमा चार  दर्जन नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । अखिल भारत नेपाली एकता मंचमा पुरानो पाका ,जनयुद्धको  युवा नेता बेल बहादुर पुनको नेतृत्वमा चार  दर्जन  नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।  

बेल बहादुर पुनले  नेता प्रचण्डको नेतृत्वमा देश विकास र सम्बृद्धि  ,कम्युनिस्ट पार्टीको  एकता नेतृत्व गर्न सक्ने बताएको छनअखिल भारत नेपाली एकता मंचका केंद्रीय सचिब आरबी खड्काको बिसेष पहलमा सङ्गठनमा स्वागत तथा  प्रवेश गराउनु भएको थियो। खड्काले  मन्तव्य राख्ने क्रममा भारतमा रहेका प्रवासी नेपालीहरुले नेपालको सम्पूर्ण जनवादी आन्दोलनमा साथ दिएको बताए। 

नेपालको  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको समानूपातिक निर्वाचनमा प्रवासीहरुले पनि मतदान गर्न पाउनुपर्ने बताए । उनले भने,‘भारतस्थित् रहेको नेपाली प्रवासीलाई मताधिकारको व्यवस्था गरियोस्, भारतमा रहेका नेपाली प्रवासीहरुले पठाएको रेमिटेन्सबाट मुलुक सञ्चालन भइरहेको उनले बताए । उनीहरुको हकअधिकार सुनिश्चित गरी भारतबाटै समानुपातिकमा मतदान हाल्न पाउनुपर्नेमा उनको जोड थियो । कार्य्रकममा अतिथि  अखिल भारत नेपाली एकता मंचका केंद्रीय सदस्य मानु क्षेष्ठ , दिल्ली, यूपी हरियाणा समुक्त राज्य सचिब अटल परिवार ,राज्य सचिवालय दिपक परिवार ,नगर समिति अध्यक्ष दिपक विश्वकर्मा  युवा नेता मंगल परिवार ,,समाजसेवी डम्बर साउत ,अजय  विश्वकर्मा ,दिनेश परिवार लगायत अतिथिहरुले मन्तव्य राख्नु भएको थियो !दक्षिण पूर्वी नगर समिति नेता कार्यकर्ता  विशाल उपस्थित थियो। 

प्रतिक्रिया दिनुहोस्