अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको दशौँ वार्षिकोत्सव तथा साधारण सभा १७ जुनमा हुने

| २०७९ जेठ १० गते १८: ०० मा प्रकाशित

तेलअभिव। अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौँ वार्षिकोत्सव तथा साधारणसभा आउँदो महिना जुन १७ तारिख इजरायलको तेलअभिबमा हुने भएको छ।

इजरायलको बसपार्क (तखाना) मुनि रहेको एभरेष्ट डीस्को हलमा साँझ ६ बजे देखी सुरु हुने संस्थाका अध्यक्ष अनिल सिंह राजपुतले अर्घाखाँची बुलेटिनलाई जानकारी दीएका छन। 

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा "न मर्छ कला न मर्छन्  कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार" भन्ने मुल नाराको साथ कला संस्कृतिको जगेर्नाको लागी इ. स. २०१२ मा इजरायलमा स्थापना भएको हो। 

कार्यक्रममा प्रवेश नि:शुल्क रहेको छ भने उक्त कार्यक्रममा इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीभाषीलाई उपस्थितीको लागि आह्वान गरिएको छ । उक्त कार्यक्रममा आफूसँग भएका सबैखाले प्रतिभालाई प्रस्तुत गर्न पाइने जानकारी गराउँदै आयोजकले त्यसका लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको आधिकारिक सदस्य बन्न इच्छुकले सामाजिक सञ्जालको माध्यमबाट खबर अथवा इमेल गर्न पनि तलको ठेगानामा हार्दिक अनुरोध गरेको छ ।

अनिल सिंह राजपुत - ०५८–७२१६७७७ 
कुमार लिम्बु (अभि )- ०५४–३४६२३२४ 
 राज लिम्बु - ०५४– ५२४६८६०

इमेल : iafisrael777@gmail.com

कार्यक्रमको आकर्षक क्रमश :-

live music concert, 

साधारण खाना,उपस्थित मध्येबाट एक जनालाई स्मार्ट फोन, 

मिति : १७ जुन, २०२२ (शुक्रबार
समय : साँझ ठिक ६:०० बजे बाट 
स्थान :  एभरेष्ट डिस्को हल तेल अभिव, तखना मर्काजित तेश्रो तल्ला
प्रवेश :  नि:शुल्क 
    
स्वस्तिका श्रेष्ठ 
सचिव 
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल ( शाखा )

 

प्रतिक्रिया दिनुहोस्