अर्घाखाँचीका सहित सयौँ युवाहरु साउदी अरेवियाको रियाद मा अलपत्र: महिनौ बित्दा पनि कम्पनिले रोजगार दिने नाम लिंदैन

| २०७९ सावन ७ गते १७: ०० मा प्रकाशित

अमृत खनाल ,अर्घाखाँची।काठमाण्डौको तिनकुनेमा रहेको अक्स्पोट मेनपावर कम्पनि बाट रोजगारीको शिलशिलामा साउदी अरेवियाको रियाद पुगेका युवाहरु अलपत्र परेका छन्। 

साउदी अरेबियाको टाम किन कम्पनि (tamkeem company) मा रोजगार छ भनि अक्स्पोट मेनपावर कम्पनिले एक सय भन्दा धेरै युवाहरुलाई साउदी पुर्‍याएको थियो। तर ति युवाहरु लाई टाम किन कम्पनिले आजको मिति सम्म कुनै काम दिएको छैन भने उनिहरुलाई पठाउने अक्स्पोट मेनपावर कम्पनिले उनीहरुको रोजगार प्रति कुनै चाँसो नदिएको ति अलपत्र परेका युवाहरुले अर्घाखाँची बुलेटिन लाई बताएका छन्। 

साउदीमा अलपत्र परेका नेपाली युवाहरुको भनाई अनुसार ७० दिन देखि कम्पनिले रोजगारी नै न दिएको र काम दिने या न दिने भन्ने बिषयमा पनि कुनै उत्तर नदिएको बताएका छन्। कम्पनि ले अलपत्र परेका नेपाली हरुलाई राम्रो सम्म खाना पनि न दिएको गुनासो आएको  छ। खाना एक टाइम मात्र दिने गरेको र खाना पनि खबुस ,वा रोटि मात्र दिने गरेको अलपत्र परेका युवाहरु ले जानकारी दिएका छन्। 

अलपत्र परेका सयौं नेपाली दाजुभाईहरुआई साउदी अरेविया पठाउने अक्स्पोट मेनपावरले आफुहरु नेपाल फर्कन चाहान्छौँ भन्दा पनि कुनै चाँसो नै न दिएको र उल्टै धमक्याउँदै मेनवारको कुनै मतलब छैन भन्दै गैर जिम्वेवारी प्रतिउत्तर दिएको युवाहरु बताउँछन्।

अलपत्र परेका युवाहरुलाई अहिले बस्ने खाने ठाउँ छैन ,खुल्ला आकाश मुनि कष्टकर दैनिकी काटेर बसीरहेको गह भरि आँशु निकालेर पिडित युवाहरु बताउछन्। 

नेपाली युवाहरु लाई साउदी पुर्‍याएर अलपत्र पार्ने अक्स्पोट मेनपावर लाई बैदेशीक रोजगार कार्यालयले तुरुन्तै कारबाहीको दायरमा ल्याहोस भन्ने आम युवाहरुको माग रहेको छ। साथै अर्घाखाँची बुलेटिन मिडिया पनि अलपत्र परेका अर्घाखाँची का युवाहरु देखि समस्त अन्य जिल्लाका युवाहरु लाई आफु सक्दो साथ् र सहयोग गर्ने जानकारी गराउँदछौँ।

प्रतिक्रिया दिनुहोस्