स्विडेनमा ‘सेक्स’ प्रतियोगिता हुँदै

| २०८० जेठ २१ गते १६: ३२ मा प्रकाशित

स्विडेन 'यौन'लाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो देश बनेको छ। स्विडेनको 'द स्विडेन यौन फेडेरेसन'ले आगामी जुन ८ देखि पहिलो युरोपियन यौन प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ।

गोथेनबर्गमा हुने उक्त प्रतियोगिता ६ हप्तासम्म चल्नेछ। प्रतियोगितामा सहभागी हुनेले करिब ६ घण्टासम्म प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलको अवधिअनुसार ४५ देखि १ घण्टासम्मको यौन क्रियाकलापमा प्रतियोगी सहभागी हुनसक्नेछन्।

सहभागी प्रतियोगीका लागि १६ वटा अनुशासनका नियम बनाइएको छ। प्रत्येक दिन प्रतियोगीहरूका लागि ६ घण्टासम्मका सत्र हुनेछन्।

सहभागीहरूले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा भाग लिनेछन् जुन खेलको अवधिमा निर्भर हुनेछ।

प्रतियोगितामा प्रलोभन, शरीरको मसाज, कामुक अंगको प्रदर्शन, ओरल सेक्स, पोजिसनलगायतका प्रदर्शन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्