इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, अधिकांश सुदूरपश्चिमका (नामावली सहित)

| २०८० असोज २१ गते २०: ३१ मा प्रकाशित

आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चार जना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

मृत्यु हुनेमा 

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सल्यानको सारदा नगरपालिका –३ का प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्