शितगगांका पुर्ब मेयरलाइ युएई मा सम्मान

| २०८० फागुन २ गते ०१: ३९ मा प्रकाशित

राज अधिकारी ,युएई।यहि  ११ फेब्रुवरी २०२४  का दिन आफ्नाे पारिवारीक स्तर प्रगतिका लागि युएईका विभिन्न शहरहरूमा राेजगार तथा ब्याबसाय गरि बस्ने शीतगंगा वासी दाजुभाई दिदिबहिनीहरूले शीतगंगा नगरपालिका का संस्थापक पुर्व नगर प्रमुख श्री सुर्य प्रसाद अधिकारी र उहाँ कि धर्मपत्नी श्रीमती सुजता अधिकारीले सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नु भएको छ। 

उक्त भेटघाट कार्यक्रममा संस्थापक तथा पूर्व नगर प्रमुखले शीतगंगा र शीतगंगाबासीका लागि गर्नु भएकाे  बिकास बिस्तारमा लगाउनु भएकाे याेगदान लगाएत बिविध बिषयमा युएईमा रहेका शीतगंगा वासी नेपाली दाजुभाई दिदीबहिनीहरु लाई प्रस्टाउनुकाे साथै प्रदेशमा रहेका शीतगंगा वासीले आफुलाई सम्मान गरेकाेमा धन्यवाद समेत व्यक्त गर्नु भएकाे थियाे ।

 उक्त कार्यक्रममा शीतगंगा नगरपालिकामा बिध्यमान रहेका समस्यालाई समधानकाे लागि आफू हरपल लागिरहने कुरा सबैमा जानाकारी गराउनु भएकाे थियाे। 

उक्त कार्यक्रम लेखनाथ पौडेलले संचालन गर्नुभएको थियो भने लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका अध्यक्ष  प्रेम बहादुर बग्लदारले संस्थापक पुर्व नगर प्रमुख श्री सुर्य अधिकारीलाई युएईमा स्वागत गर्नुका साथै शीतगंगा वासी दिदिबहिनी दाजुभाईकाे तर्फ बाट मायाकाे चिनाे प्रदान गरि सम्मान गर्नु भएकाे थियाे। 

लुम्बिनी प्रदेश सम्पर्क समिति युएईकि महिला उपाध्यक्ष  चेतकला अधिकारी   (जानका खनाल) ले महिला दिदिबहिनीको तर्फबाट श्रीमती सुजता अधिकारी ज्युलाई स्वागत गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा व्यावसायी श्री नारायण भुसाल, समाज सेवी श्री कबिराज अर्याल ,श्री गणेश पौडेल,श्री सन्जिब बेल्बासे,श्री कृष्ण प्रसाद अधिकारी, श्री  युबराज बेल्बासे,श्री  हरि बिसि श्री अनिल कुमार बिसि र श्री प्रेम बि.क. लगाएत सम्पुर्ण सामाजिक अभियनताहरुको उपस्तिथि रहेको श्री अनिल कुमार बि.सी ले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्