अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

| २०८० फागुन ७ गते १८: ५७ मा प्रकाशित

केशब पोखरेल। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३  तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ।

“प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट   मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो।

विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन २०१० मा स्थापना भएको यस मञ्चले  कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा  पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।

यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, , पत्रकार लगाएत सम्पुर्ण संघसंस्थाका प्रतिनिधीहरु लाई पनि उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

कार्यक्रम:

मितिः २०२४ मार्च ३ तारिक आइतबार 

समयः बिहान ११:०० बजे

स्थानः दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा

प्रतिक्रिया दिनुहोस्