युएईमा आएको बाढीमा परी एक नेपालीको मृ'त्यु

| २०८१ बैशाख ६ गते १७: २२ मा प्रकाशित

काठमाडौं।युनाइटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । 

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ । 

युएईमा दुई दिन देखी परेको वर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएका छन् ।

 पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।खबर हब 

प्रतिक्रिया दिनुहोस्