भारतमा नेपालीको शान बढाउँने दुई नेपाली विद्यार्थीहरु

| २०८१ जेठ २ गते १८: ०६ मा प्रकाशित

केरला राज्य स्तरीय बोर्ड परीक्षा १० र १२ कक्षामा उत्तकृष्ट नम्बर ल्याई नेपाली विद्यार्थीहरुले नेपालीको गौरव बढाएका छन् ।

बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ८ छिस्ती निवासी ओविदत्त (कृष्ण) शर्मा र सिता शर्माकी सुपुत्री श्यामकला (अनिशा) शर्माले कक्षा १० र जैमिनी नगरपालिका छ विनामारेका गोकुल पाण्डे र जीवन पाण्डेको सुपुत्री मोनिका पाण्डेले कक्षा १२ माFULL A+ सहित सर्व उच्च स्तरिय श्रेणीमा उत्रिणभएका छन् ।

यही नेपाली विद्यार्थीहरुका सफलताले उनीहरुलाई मात्र नभई भारतका विभिन्न स्थानमा अध्ययनरत विद्यार्थीहरुलाई पनि प्रोहत्शाहन गर्नेछ ।

अन्य ग्रेडमा पनि उत्तिर्ण भएका सबै नेपाली विद्यार्थीहरुलाई पनि हार्दिक बधाई एवं शुभकामना सहित उज्जवल भविष्यको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्