समाज सुधारमा अग्रसर हुदै मञ्जरीका युबाहरु

| २०७८ असार ८ गते १०: १५ मा प्रकाशित

विक्रम नेपाली। 
अर्घाखाँची ८ असार -  युबाहरुले  चाहेमा देश परिबर्तन सम्भब छ भन्ने कुरालाई सार्थक बनाउदै सन्धिखर्क नगरपालिका वडा न २ का मञ्जरी युवा क्लबका युवाले  धाइचोर बेओरे सामुदायिक बनमा  करिब २५०० इपिलिपि टिमुर ,चिउरी बोकेनो ,सिक्लि लगायतका १८ थरीका  विरुबा रोपेको सस्थाका अध्यक्ष विक्रम नेपालीले बताउनुभएको छ । 

बनमा धेरै सल्लाका रुख  भई बनमा बर्षेनी आगो लागेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सजिलो हुने भएकोले आफुहरुले पहलकदमी लिएको बताए । बनमा विभिन्न थरीका विरुबाको समिक्षण हुँदा आम जनतालाई पनि सजिलो हुने बनमा रहेका पशुपन्छी लगायतका जीवजन्तुलाई पनि सहज हुने भएकोले आफुहरुले पहलकममी लिएको बताए ।

 सदरमुकाम देखि नजिक रहेको सामुदायिक बनमा देख्दा सामान्य देखिने परिबर्तनको सोच भएका युवाहरुले गरेको पहलकमदमीले गाँउबासी आश्चर्यचकित भएको बताउछन् । कतिपय युबामा दिनहुँ जसो तास खोल्ने जुवा खेल्ने जाडरक्सी खाने न आफ्नो घर बनाउने  न अरुको घर बनाउन दिने सोच रहेता पनि ती युबाहरुमा भने समाज सुधारको भाबना देखिको स्थानिय बृद्धिराम नेपालीले बताए ।

 हरियो बन नेपालको धन भन्ने उखान सरकारको भएतापनि यदपि सरकारले लागु गर्ने सकेन सरकारले विकास सम्बृद्धि पर्यटनका कुरा गरेता पनि ती कागजमात्र सिमित रहेको बेलामा युवाहरुले पहलकदमी लिएको संस्थाका उपाध्यक्ष राहुल नेपालीले बताए । बनमा प्रशस्त मात्रामा विरुवाहरु लगाउदा सबैलाई फाईदा हुने गरेको ले अन्य संस्थाका युवाहरुले पहल गर्नेपर्ने जिल्ला बन कार्यालयका बन अधिकृत हरि बहादुर थापाले बताए । आफुहरुले गर्न नसकेको काम युवाहरुले गर्दा खुसी लागेको सामुदायिक बनका अध्यक्ष विनय नेपालीले बताउछन्  आफुहरुले धेरै पहिला देखि समाज सुधारको माध्यमबाट परिबर्तन सम्भब देखेको संस्थाका सचिब आशिष नेपालीले बताउछन् । 

संस्थाले जनतालाई अफठ्यारो पर्दा पहिला देखि काम गरेको संस्थाका सहसचिब विष्णु नेपालीले बताए । संस्थाले सामाजिक काममा बाटो विग्रिदा पनि पहलकममी गरेको कोषाध्यक्ष गिता नेपालीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्