सिम्ले का सुन्तला किसान लाई गाउपालिका द्वारा औंसिया किरा नियन्त्रण को लागि बिषादी वितरण

| २०७८ असार ८ गते २३: ३६ मा प्रकाशित

माधव पौडेल,पाणिनि। 
असार  ८,अर्घाखाँची बुलेटिन- अर्घखाँची जिल्ला को  सुन्तला पकेट क्षेत्र भनेर चिनिने   पाणिनी गाउँपालिका को  सिम्ले मा सुन्तला  मौसम अमिलो मा लाग्ने औसिया किरा  को नियन्त्रण को लागि गाउँपालिका ले वितरण गरेको विषादी आज प्रत्येक किर्षक को बारी लाई पुग्ने गरी वितरण गरिएको छ ।

वितरण कार्यक्रम मा कृषक रेवती राज पौडेल ले विषादी प्रयोग गर्ने तरिका आफैले गरेर देखाउनु भएको थियो ।विगत  का वर्ष हरुमा मौसम अमिलो लगायत मा औसीया किरा भेटिए सँगै सुन्तला मा पनि देखिन सक्ने भन्दै गाउँपालिका ले औसिय नियन्त्रण कार्यक्रम ल्याएको हो ।

सिम्ले एउटा गाउँ मा मात्रै दुई करोड भन्दा माथि को सुन्तला निर्यात हुने गरेको छ ।यस गाउँका प्रत्येक किसान को मुख्य आम्दानी को स्रोत भनेकै सुन्तला रहेको छ ।यही विषादी वितरण गर्ने कार्यक्रम मा साविक को पणेना १ को  आर्थिक बर्ष  ७८/७९ को योजना तर्जुमा पनि गरिएको छ  ।पणेना का वडा सदस्य मिन बहादुर रेश्मी को उपस्थिति मा योजना संकलन गरिएको हो ।योजना संकलन मा भल व्यवस्थापन ,खानेपानी लाई मुख्य प्राथमिकतामा राखिएको छ ।

 विगत मा योजना तर्जुमा भनेर आएको अनि आफूहरुले दिएका समस्या समाधान नभएको स्थानीय ले गुनासो गर्दै अहिले पोहोर को जस्तो  नगर्न जनप्रतिनिधि लाई आग्रह गरेका छ्न।

प्रतिक्रिया दिनुहोस्