शितगंगा नगरपालिकामा हाते ट्याक्टर पाए पछि किसान खुशी

| २०७८ असार ९ गते १७: ४५ मा प्रकाशित

शितगंगा। शितगंगा नगरपालिकाले १४ वडामा ५० वटा हाते ट्याक्टर बितरण गरेकाे छ । नगरप्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मीले आज कृषि समूह, सहकारी हरुलाइ मिनि वार टेलर बितरण गर्नु भएकाे हाे ।नगरपालिकाका बिभिन्न कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको हाे ।

खेतवारी जोत्न गोरुको बिकल्पको रुपमा लिइएको ५० वटा हाते ट्याक्टर ५० प्रतिशत अनुसदानमा बितरण गरिएको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयाे  ।

परम्परागत कृषि पेशालाई  व्यवसायिक र आधुनिकीकरणत र्फ विकास गराउने उदेश्यले  कृषकलाई ५० वटा हाते ट्याक्टर बितरण गरेको  नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयाे । प्रदेश सरकारकाे १७ लाख  र किसानकाे ५० प्रतिशत हुने गरि मिनि टेलर बितरण गरिएकाे शितगंगा नगरपालिकाका कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयाे ।

परम्परागत रुपमा  गाेरु बाट जाेत्पाेत गर्दा भन्दा समयकाे बचत सस्ताे समेत गर्ने हुँदा किसान हरु यस तर्फ  आकर्षक हुने गरेका छन । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हरुलाई हाते ट्याक्टर बितरणमा नगरपालिकाले जाेड दिने गरेकाे नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस्