शितगंगा ४ मा जुवाखाल बाट ९ जना पक्राउ

| २०७८ असार ९ गते १७: ०० मा प्रकाशित

शितगंगा । तास खेलिरहेको अवस्थामा शितगंगा नगरपालिका ४ बाट ९ जनालाई इलाका प्रहरी कार्यालय ठाडाले  पक्राउ गरेको छ । 

शितगंगा  नगरपालिका– ४ चाक्ला बाट तास खेलिरहेका ४ जनालाई प्रहरी नायव निरिक्षक रिण बहादुर बैदवारकाे नेत्तृत्वमा गएकाे टाेलीले ७५ हजार नगद सहित जुवा खेलि रहेकाे अबस्थामा पक्राउ गरेकाे हाे । लकडाउनकाे उल्लघन गर्ने तथा अवैद गतिबिधी गर्ने हरुलाइ लक्षित गरि इप्रकाले कडाई गरिरहेकाे समयमा उनिहरु पक्राउ परेका हुन । 

पक्राउ पर्नेमा शितगंगानगरपालिका वडा नम्बर २,३ र ४ का रहेकाे प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयाे ।
म्याद थपगरि यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रहरी निरिक्षक बेल्बासे बताएको छ ।

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ ।

जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

अहिलेसम्म जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको छ । तर, यसमा ज्यादै न्यून सजायको व्यवस्था छ । विद्यमान ऐनमा पहिलोपटक जुवा खेल्नेलाई २ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनासम्म कैद र तेस्रो पटक पनि खेलेमा एक वर्षसम्म कैदको व्यवस्था जुवा ऐनमा गरिएको छ ।

त्यस्तै जुवा खेल्नेलाई ठाउँ उपलब्ध गराउनेलाई पहिलो पटक ३ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनादेखि ९ महिनासम्म कैदको व्यवस्था पुरानो कानूनमा गरिएको छ ।स्रोत - शितगंगा खबर

प्रतिक्रिया दिनुहोस्