सन्धिखर्कको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगारी

| २०७८ असार १० गते २३: २२ मा प्रकाशित

अशोक खनाल। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बजेट समेत सार्वजनिक गरेको छ । सो नगरपालिका नीति तथा कार्यक्रममा “स्वस्थ सन्धिखर्क, समृद्ध सन्धिखर्क ”बनाउने दिशातर्फ बढी केन्द्रीत गरेको छ ।

कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण तथा उपचार मार्फत स्थानीय अर्थतन्त्र र सामाजिक जनजीवनमा यसले पार्ने प्रभाव न्यूनीकरण गर्ने तर्फ बजेट केन्द्रीत गरेको नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

कृषि व्यवसायलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीरण तथा बजारीकरण गर्दै नगरपालिकालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम लागू गर्ने गरी नीति तथा कार्यक्रममा रहेको छ ।

“गाउँ घरका फलफूल र तरकारी, विक्री गर्ने हाम्रै सहकारी“ भन्ने मूल मन्त्रलाई आत्मसात गरि सहकारी संस्थाहरुलाई नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि तथा पशुजन्य उत्पादनहरु संकलन, भण्डारण र विक्री वितरण गर्न परिचालन गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्