अर्घाखाँचीका स्वास्थ संस्थामा आइपास नेपालद्धारा स्वास्थ सामाग्री वितरण

| २०७८ असार १० गते २३: २८ मा प्रकाशित

अशोक खनाल। आइपास नेपालले अर्घाखाँचीका विभिन्न पालिका तथा विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तित्वलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।
बिहीबार आइपास नेपालले जिल्लाको सितगङा नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनि गाउपालिका, मालारानी गाउँपालिका, अर्घाखाँची अस्पताल, जिल्ला स्वास्थ कार्यलय संस्थामा कार्यरत च्याम्पियन लिडर, न्याचुलर लिडरहरुलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।

आजै आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देबकोटाले अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमलाई अक्सिजन कन्सटेटर मेसिन, सेनिटाइजर, एन ९५ माक्स, एन्टिजेन कीट, सर्जिकल माक्स, ग्लोब्स, पि पि सेट, अक्सिमिटर, डिजिटल थर्म मिटर एमबी सेट, स्वास्थ शिक्षा सम्बन्धि सामाग्री तथा औंषधि हस्तान्तरण गरे ।

आइपास नेपालले कोभिडमा राहत सामाजिक क्षेत्रको साथ,परोपकारी मनले बढाउ सहयोगी हात भन्ने मुल नाराका साथ शुरक्षित गर्भपतन सेवा संचालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्