सामाजिक अभियान्ता थापा र समाजसेवी युवा सिवहरि खनाल लगायतको पहलमा अति आवश्यक ग्रामिण क्षेत्रमा सर्जिकल माक्स र खाधान्न वितरण

| २०७८ असार १२ गते १५: ५८ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। 
असार १२ - सामाजिक अभियान्ता यूवराज थापा विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,विजय सुनार सागर मरासिनी ,मनोज सापकोटा ,लगायतको टिमले जिल्लाका अति बिपन्न परिवारमा खाधान्नको अभावले चुलो निभेका गरिब परिवारहरुलाई आज खाधान्न र सर्जिकल मास्क वितरण गरेको छ। 

समाजसेवी तथा संचारकर्मी गुरुदेव खनालको नेतृत्वमा र भुमिकास्थान नगरपालिका वडा नम्बर - २ ठुलाखार्क निवासी हरि प्रसाद खनालका छोरा समाज सेवी युवा सिवहरि खनालको खाधान्न सहयोगमा सामाजिक अभियान्ता यूवराज थापा लगायतको टिमले चुलो निभेका भुमिकस्थान नगरपालिका वडा नम्बर १ का १०  अति बिपन्न घर परिवारलाई खाधान्न तथा नि:शुल्क सर्जिकल मास्क वितरण गरेको छ। 

नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने तेस्रो चरणमा सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को अर्घा गन्धर्व बस्तिमा करिब १०० सय घर परिवारलाई समाज सेवी तथा संचारकर्मी गुरुदेव खनाल ,समाजसेवी युवा हरिसचन्द्र बिश्वकर्मा समाजसेवी ब्याक्तित्व ठाकुर गन्धर्व ,बेगमान गन्धर्व ,नारायण बि,क राम बहादुर बि,क ,जीवबहादुर बिक ,धनवीर बि.क ,बिष्णु गन्धर्व ,रामजी परियार ,इन्द्र परियार ,शान्ता बि,क पदम बि.क लगायतको उपस्थितिमा मास्क वितरण गरिएको थियो। 

साथै सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ को गाजँरीमा ५० घरपरिवार , भुमिकास्थान नगरपालिका २ का ५० घरपरिवारलाइ नि:शुल्क मास्क वितरण गरिएको छ। 

हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै भएपनि महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व रहेको समाजसेवी तथा अभियान्ताहरु बताउछन ।महामारीमा आवश्यक परेको बेला एक अर्का लाई सहयोग गर्नु मानवीय धर्म भएको अभियान्ता थापाले बताए।

अभियान्ता थापाले बताए अनुसार जिल्लाका विभिन्न ग्रामिण क्षेत्रदेखि सहरी भेगमा पनि मास्क र खाधान्नको अभाव रहेका बिपन्न घर परिवारले फोन गरेर आफ्नो नाम टिपाएका छन् ,हामीहरुको अभियान मा नामटिपाउँनु हुने सम्पूर्ण अति बिपन्न घरपरिवारलाई छिट्टै चौंथो चरणको खाधान्न तथा नि:शुल्क सर्जिकल मास्क बितरण गर्ने कार्यक्रममा उँहाहरुलाई खाधान्न र मास्क प्रदान गरिने जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्