अर्घाखाँचीमा भोलीदेखी जोर विजोर प्रणाली अनुसार सवारीसाधनहरू चल्ने

| २०७८ असार १५ गते १५: ३० मा प्रकाशित

श्याम घिमिरे ,अर्घाखाँची।अर्घाखाँचीमा असार २२ गते रातिसम्म निषेधाज्ञा थप भएको छ । 

सोमवार सन्धिखर्कमा बसेको डिसिसीएमसीको बैठकको निर्णय अनुसार मंगलवार (आज ) राती १२ बजेदेखी असार २२ गते राती १२ बजेसम्म १ हप्ता निषेधाज्ञा थप गरीएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जारी गरेको सुचनामा उल्लेख गरीएको छ । 

यस्तै भोली असार १६ गतेदेखि जिल्ला भित्र सार्वजनिक तथा निजि सवारीसाधनहरू जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने समेत जनाईएको छ ।

सूचना 

 

 

 

प्रतिक्रिया दिनुहोस्