अर्घाखाँचीकी चेली चर्चित लोकदोहोरी गायिका सुनितामी परियारको नयाँ गीति एल्बम "सुनीमायालाई"बजारमा सार्वजनिक (भिडियो सहित)

| २०८१ बैशाख १३ गते १८: २६ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता ,बैशाख १३। अर्घाखाँचीकी चेली चर्चित लोकदोहोरी गायिका सुनितामी परियारको नयाँ गीति एल्बम "सुनीमायालाई"बजारमा सार्वजनिक भएको छ। 

गायक ईश्वर सिंह र गायिका सुनितामी परियारको सुमधुर स्वरमा रहेको  "सुनीमायालाई" गीति एल्बममा शिव हमालले शब्द भरेका छन् भने ईश्वर सिंह को संगीत रहेको छ। 

गितको संगीत संयोजन ध्वनी मिश्रण आशिष अविरलको रहेको छ। साथै गित को रेकर्डमा कुशल गौतम,सहनाईमा शिशिर परियार ,शृंगारमा पुनम चौधरी ,र अभिनयमा बीनोद भण्डारी ,सुनितामी परियार मोडेल रेजिना सुनार ,शन्तोष शर्मा को भूमिका रहेको छ। 

गीतको भिडियो छायांकन दिनेश पराजुली ले गरका छन् भने निर्माण व्यवस्थापन मा माधब राउत सम्पादन रंग मा मनोज कार्की ,कथा निर्देशन मा बिनोद भण्डारी ,दृश्य निर्माण मा गोधुली क्रियसन को भूमिका रहेको छ। 

गितको रेकर्ड स्टुडियो रागमा गरिएको हो। गितको छायांकन अर्घाखाँचीको अर्घा लगायत जिल्लाका बिभिन्न स्थानमा गरिएको हो। पछिल्लो समयमा गायिका सुनिताम परियार यस्तै यस्तै पुराना भाका लय का गित बजार मा ल्याएर चर्चा बटुल्दै आएकी छिन। उनको जन्म घर सन्धिखर्क नगरपालिका वडा नम्बर २ को कुर बेहोरे मा पर्दछ।  

गायिका सुनितामी परियार ले आफ्ना स्वर्गीय हजुर वुवाको सम्झनामा सुनिमायालाई गीति एल्बम बजार ल्याएकी हुन्। 

प्रतिक्रिया दिनुहोस्