अर्घाखाँचीको भुमिकास्थानकी निर्मला नेपालीको स्वरमा लोकगित सार्बजनिक (भिडियो सहित)

| २०८१ जेठ १० गते २३: ४८ मा प्रकाशित

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ कि निर्मला नेपालीले स्वर दिएको लोक भाका सार्बजनिक भएको छ। 

जालकाडा म्युजिक प्रा लिले बजारमा ल्याएको मायाको प्रमाण नामक लोक गितमा राजन बिकको शब्द,महेन्द्र भन्डारीको लय , स्वर अर्जुन कुवर र निर्मला नेपालीको रहेको गित  माया प्रेममा आधारित छ ।

निर्मला नेपाली र दिपेन्द्रराज गिरिको अभिनय रहेको उक्त गित धेरैले मन पराउने अपेक्षा गरिएको छ । 

अर्घाखाँची बुलेटिनले २ महिना अगाडी मात्र निर्मला नेपालीको घरमै पुगेर उहाको प्रतिभालाइ बाहिर ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्