जिल्ला बिपद ब्याबस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

| २०७८ असार १९ गते १९: २८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।जिल्ला बिपद ब्याबस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

ब्याबस्थापन समितिको बैठक

लुम्बिनी प्रदेश का आन्तरिक मामिला तथा कानुन मन्त्री  चेतनारायण आचार्यको प्रमुख आतिथ्यता मा सप्पन्न बैठक मा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि तीन वटा स्थानीय तहका प्रमुखहरु, जिल्ला स्थित शुरक्षा निकायका प्रमुख ,सरोकारवाला कार्यलयका प्रमुख ,रेड्क्रस का सभापति तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

ब्याबस्थापन समितिको बैठक

 

बैठकमा  आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले जिल्ला स्थित स्थानीय निकाय सरोकार वाला कार्यलय तथा शुरक्षा निकाय लाई निर्देशन दिंदै जिल्ला का स्थानीय तह हरुले स्थानीय तहमै बिपद ब्याबस्थापन समिति लाई क्रियासिल नबनाए सम्म बिपदमा परेका हरुले न्याय नपाउने भन्दै स्थानीय तह हरुलाइ थप क्रियासिल बन्न र जो जहाँ बिपदमा परेको त्यस्को सिफारिस तुरुन्तै गरि हाल्न समेत अनुरोध गरेका छन्  

जिल्ला बिपद ब्याबस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

मन्त्री आचार्यले कोबिड १९ को संक्रमण लगायत का बिपद बाट मृत्यु बरण भएका हरुलाइ जनही १ लाखका दर  उपलब्ध गराइएको भन्दै आ आफ्नो वडा तथा पालिका हरुको सिफारिस बनाइ जिल्ला बिपद ब्याबस्थापन समिति मा पेश गर्न समेत अनुरोध गरेका छन्  मन्त्री आचार्यले बिपद जुनै बेला पनि हुन सक्ने भन्दै जिल्लाका ६१ वटै वडा हरु लाई २५ हजार बराबरका बिपद सामाग्री हरु किनेर राख्न  समेत निर्देशन दिएका थिए ।उनले जिल्लामा अहिले कहि पनि खानेपानी समस्या बाट बन्चित नभएको भन्दै त्यस्तो कहिँ भए तुरुन्तै हल गरिने प्रतिबद्धता समेत ब्याक्त गरेका थिए । 

उनले बर्षात को कारण जिल्लाका कुनै पनि सडक अबरुद्ध भए सम्बन्धि कार्यलय ले तुरुन्तै खोल्न पहल गर्नु पर्ने भन्दै कुनै पनि ठेकेदार तथा निर्माण कम्पनीको कारण जनता लाई सास्ती भएमा कुनै पनि हालत मा छट नहुने भन्दै , पुन स्थानीय तह हरु तथा राजनैतिक दलका नेता हरु लाई आपसमा सहकार्य र सहमति गरि बिपदमा परेका हरुको लागि आ आफ्नो ठाउँ बाट सहयोग गर्न समेत अनुरोध गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्