बन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले माफी नमागे पार्टिले जनकारबाही गर्ने, तत्काल काम रोक्न चेतावनी

| २०७८ असार २३ गते ०३: ०२ मा प्रकाशित

गुरुदेब खनाल,अर्घाखाँची।  नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको सन्धिखर्क नगर कमिटीले बन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले माफी माग्नु पर्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

असार  २१ गते भुमिकास्थान देखि पोखरा लैजादै  गरेको लु १ ख ७८२२ र लु १ ख ४३४१ नम्बरका २ वटा ट्रकमा ओभरलोड गरि काठ लैजादै गर्दा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका युवाहरू सन्धिखर्कमा जनताको सेवामा खटेका युवाहरुलाई अभद्र व्यबहार गरेको थियो । 

युवाहरुले राती ८ बजे लैजादै गरेको काठ संका लागेर सोधपुछ  गर्दा  भुमिकास्थान र सन्धिखर्क नगरपालिकाका सब डिभिजन बन कार्यलय प्रमुख हरि बहादुर थापा बन  पैदावरका उपाध्यक्ष , सदस्य, कर्मचारीहरुले अभद्र व्यबहार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर तत्काल काम रोकेर माफी माग्नु पर्ने जनाएको  छ। उक्त घटना  प्रती माफी नमागे जनकारबाही गर्ने चेतावनी पनि दिएको छ  ।  विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्