अर्घाखाँचीको पाणिनीमा आफ्नै छोरीलाइ जवर्जस्ती करणी गरेको कसुरमा एकजना पक्राउ

| २०७८ असार २३ गते ०३: ३६ मा प्रकाशित

गुरुदेब खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका ३९ बर्षिय एक जना पुरुष आफ्नै छोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। 

असार २२ गते साँझ अन्दाजी ७:३० बजेको समयमा आफ्नै सहोदर वर्ष १५ की छोरीलाई जवर्जस्ती करणी सम्बन्धित कसुर गर्न खोजेको सूचना जिल्ला प्रशासन मा प्राप्त भए पश्चात प्रहरीले आरोपीलाई पक्राउ गरि उक्त घटनाको प्रारम्भिक अनुसन्धान पछि सम्मानित जिल्ला अदालत अर्घाखाँचीबाट ५ (पाँच) दिन  म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्