मालारानीको ४ खनमा ५३ औँ वडाको रूपमा नयाँ लालपुर्जा बितरण कार्यक्रम सम्पन्न

| २०७८ असार २३ गते १७: १८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। बिशेष नापी कार्यालय अर्घाखाँचीको आयोजना मा मालारानि गाउपालिका वार्ड नम्बर ४ खनमा ५३ औं वडाको रूपमा नयाँ लालपुर्जा बितरण कार्यक्रम सम्पन्न भएको छ। 

लालपुर्जा बितरण कार्यक्रम

कार्यक्रममा गाउपालिका अध्यक्ष बालकृष्ण सर्मा उपाध्यक्ष प्रमिला क्षेत्री विशेष नापि कार्यलय अर्घाखाँची का प्रमुख उपसचिव खिमबहादुर राना गाउपालिका प्रमुख प्रशासकीय अधिकृच रमेस पन्थि वार्ड अध्यक्ष सहितका जनप्रतिनिधि हरु कर्मचारी हरु विशेष नापि का टोलि प्रमुख स्थानिय बासिन्दाको उपस्थितिमा पुर्जा बितरण गरिएको हो ।राना बिशेष  नापि कार्यलयका प्रमुखको रुपमा प्रबेस गरेदेखि नै कामले तिब्रता पाऐको छथियोे कोभिडको महामारीको बेलापनि विशेष नापिका कर्मचारीले रातदिन लागेर काम सम्पन्न गरेकोे भन्दै कार्यक्रम मा उपस्थित भएका सर्वसाधारण ले खिम राना सहितका कर्मचारी हरुको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्