प्राविधिक शिक्षाको आकर्षण बन्दै मथुरा बहुप्राविधिक शिक्षालय

| २०७८ असार २४ गते १४: ५२ मा प्रकाशित

प्रकाश भुसाल(पिकु)अर्घाखाँची ।अर्घाखाँची जिल्लाको छत्रदेब गाउपालिका वडा न ४ केरुङामा अबस्थित एग्रोफरेष्ट्री बहुप्राविधिक शिक्षालय यति बेला प्राबिधिक शिक्षा हासिल गर्न विद्यार्थीलाई आकर्षक गराएको छ।

 वाली बिज्ञान र पशु बिज्ञान डिप्लोमा तह पढाइ हुन्छ।शिक्षालय भित्रै ल्याब ,फिल्ड क्यान्टिन,होस्टेल रहेको छ।यश शिक्षालय भित्र छात्राबास पनि रहेको छ।

कार्यरत शिक्षक हरुको लागि शिक्षालय क्वाटर पनि दिएको छ।शिक्षालयमा करिब ३०० भन्दा माथि विद्यार्थीहरु रहेका छन।

मथुरामा अहिले होटल र पसल खुल्न थालेपछि त्यहाँका स्थानीय स्वरोजगार बन्ने र व्यवसायिक बन्ने अवसर पाएका छन् । भवन निर्माणका क्रममा केही स्थानीयले रोजगारी प्राप्त गरेका छन् भने केही स्थानीय कर्मचारीकै रुपमा शिक्षालयमा कार्यरत छन् ।

यसैगरी बाहिरी जिल्लाबाट आएका विद्यार्थीहरू कोठा भाडामा बस्न थालेको र गाउँघरका कोठा भाडामा दिएर घरखर्च चलाउने बाटो भएपछि स्थानीय समेत खुसी छन् । नजिकका बस्तीमा कोठा भाडामा दिएर आम्दानीको स्रोत जुटाउने अवसर समेत स्थानीयलाई मिलेको छ ।

शिक्षालयले स्थानीय स्तरमा विभिन्न तालीम सञ्चालन गरी सीप सिकाउने र आयआर्जनको ढोका समेत खोलिदिने गरेको छ । कम्प्युटर तालीम, सिलाई बुनाई तालीम लगायतका तालीम दिई स्वरोजगार बनाउन समेत मद्दत गरेको स्थानीय बताउँछन्

प्रतिक्रिया दिनुहोस्