जनअपेक्षा अनुसार प्रहरीले काम गर्छ : प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा

| २०७८ असार २७ गते २०: ३० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आउनुभएका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जनअपेक्षा अनुसार प्रहरीले सेवादिने बताउनुभएको छ । 

क्षेत्रीले जिल्लामा हुने शान्तिसुरक्षा, अपराध नियन्त्रण, आत्महत्या, लैगिंक हिंसा, झैझगडा,सामाजीक अपराध लगायतका बिषयबस्तु अन्त्य गर्न पत्रकारसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भएको हो ।

 जिल्लामा क्रियाशिल पत्रकारहरुसंग सनिवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा भएको परीचयात्मक कार्यक्रममा क्षेत्रीले सवैको सहयोगमा अपराध न्यूनिकरण गर्न सकिने बिस्वास समेत व्यक्त गर्नुभयो ।

केही दिन अघि मात्र अर्घाखाँची आउनुभएका डिएसपी क्षेत्रीले विधिको शासन कायम गर्नका लाागि आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि सवै पक्षको साथको अपेक्षा गरेको बताउनुभयो । यस्तै क्षेत्रीले आफु जिल्लामा रहुन्जेल पूर्वाग्रह बिना कामगर्नेमा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले जिल्लामा भएका शान्तिसुरक्षा लगायत बिबिध बिषयमा छलफल समेत गरेका थिए । 

यस्तै क्षेत्रीले जिल्लामा आत्महत्या न्यूनीकरण गर्नका लागि जिल्लाका ६ वटै स्थानीय सरकारसंग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्