ज्यान मा'र्ने उद्योग मुद्धामा फरार रहेका अर्घाखाँचीका बन्जाडे चितवनबाट पक्राउ

| २०७८ असार २७ गते २१: ०७ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।घरमा आगो लगाई ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक व्यक्तिलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडानं.३ धारापानीका ३९ वर्षिय रबि भन्ने तुल बहादुर बन्जाडेलाई प्रहरीले शुक्रबार साँझ चितवनको भरतपुर महानगरपालिका वडानं.११ बाट पक्राउ गरेको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर थापा क्षेत्रीले जानकारी दिनुभएको छ । 

बन्जाडेलाई डेरामा लुकी छिपी बसेको अवस्थामा अर्घाखाँचीबाट खटिएको प्रहरीले पक्राउ गरेको क्षेत्रीले बताउनुभयो ।

बन्जाडेलाई अर्घाखाँची जिल्ला अदालतले आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा २०७३ साल बैशाख १ गते ३ बर्ष १० महिना २८ दिनको कैद सजाय सुनाएको थियो । उनलाईलाई अदालतको आदेशले कैद भुक्तान गर्नको लागि जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभएको छ । जिल्लामा प्रहरी प्रमुख क्षेत्रीको आवागमन संगै शान्ति सुरक्षालाई मजवुद पारीएको छ ।

प्रतिक्रिया दिनुहोस्