अशोक खनाल ,अर्घाखाँची।सन्धिखर्क नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क नगरपालिका का विभिन्न ठाउँमा निर्माणाधिन धार्मिक र पर्यटन संरचना हरुको अनुगमन गर्नु भएको छ् ।
उहाँले सन्धिखर्क नगरपालिकाको वडा न.९ मा निर्माणाधिन नबदुर्गा भगवती बालकन्या कुमारी मन्दिर तथा वडा न. १० को ग्रीनपार्क हरुको अनुगमन गर्नु भएको छ।अनुगमन मा सन्धिखर्क नगरपालिका कि शाखा अधिकृत मन्जु खनाल इन्जिनियर प्रमोद केसि लगायतको उपस्थिति रहेको थियो ।
उक्त योजना हरु सन्धिखर्क नगरपालिका को आर्थिक सहयोग मा सम्पन्न हुँदै छन।
प्रतिक्रिया दिनुहोस्