अर्घाखाँची अस्पतालमा अक्सिजन पलान्ट आईपुग्यो: अबको दुई दिनमै अक्सिजन उत्पादन हुने

| २०७८ सावन ३ गते १६: १९ मा प्रकाशित

अशोक खनाल। अर्घाखाँची अस्पताल मा जडान गरिने अक्सिजन पलान्ट आज जिल्लामा आइपुगेको छ। 

उक्त अक्सिजन प्लान्ट भोलि बाट जडान शुरु हुने र ३,४ दिनमै जिल्लामा अक्सिजन उत्पादन हुने अर्घाखाँची अस्पताल का प्रमुख डा. कपिल गौतमले जानकारी गराउनु भएको छ।

यो पनि पढ्नुहोस 

 विवेकशील साझा पार्टीका दिवंगत नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई दिइएको छ ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा रकम संकलन भएको थियो । थापाको परिवारका अनुसार उपचारमा २४ लाख २० हजार ३४९ रुपैयाँ खर्च भएको छ भने बैंक तथा रकम स्थानान्तरणमा १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको छ ।

उनको उपचारका क्रममा १८ जेठमा निधन भएको थियो । उपचारका लागि जुटेको सहयोगमध्ये ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा खर्च नभएको उज्जवलको परिवारले जनाएको छ । यो रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भव देखिएको भदै परिवार, साथी र शुभेच्छुकहरूले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गर्ने निर्णय गर्‍यो ।

त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटालाई दिइएको थापाको परिवारले जनाएको छ ।

थापाको परिवारका अनुसार संस्थाहरूको काम हेरी छोटो सूची बनाइयो । छोटो सूचीमा भएकाहरूको कामलाई हेर्दा र उनीहरूसँग अन्तर्वार्तासमेत गर्दा सातओटा संस्थाहरू उपयुक्त हुने देखिएकाले ती सातओटा संस्थाहरूलाई चयन गरियो ।

त्यस अनुसार राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँलाई १५ लाख, ओडा फाउन्डेसन, कालीकोटलाई १० लाख, सानो पाइला, वीरगञ्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौंलाई ५ लाख रुपैयाँ दिइएको छ ।

यस्तै भोरे नेपाल, सर्लाहीलाई २ लाख ५० हजार, मधेश ह्युमन राइट्स होम, कपिलवस्तुलाई २ लाख दुई हजार २०१ रुपैयाँ ७२ पैसा र हार्टबिट, काठमाडौंलाई २ लाख दिइएको छ । रकम हस्तान्तरण गर्दै थापाकी श्रीमती एरिका अधिकारीले सहयोग रकमले समस्यामा रहेका व्यक्तिहरूलाई मद्दत पुग्ने आशा व्यक्त गरिन् । 

प्रतिक्रिया दिनुहोस्